मनसुनपछि दार्चुलामा पहिरोले नौँ जनाको मृत्यु (सूचिसहित)

दार्चुला । प्राकृतिक प्रकोपले दार्चुलामा हरेक बर्ष जनधनको ठूलो क्षती हुने गरेको छ । यो बर्ष मनसुन सुरु भएपछि झण्डै एक महिनाको अवधिमा पहिरोमा परि नौँ जनाको मृत्यु भएको छ ।

दार्चुलामा सबैभन्दा बढी नौगाड गाउँपालिकामा पाँच जनाको ज्यान गएको छ । नौगाड गाउँपालिकामा असार १४ गते राती वडा नम्बर ४ मा गएको पहिरोमा परि २३ बर्षीय चन्द्र सिह महता र चार बर्षीय शुसान्त महताको ज्यान गएको थियो ।

नौगाडकै वडा नम्बर छ मा साउन चार गते राती गएको पहिरोमा परि ४० बर्षीया मानमती ठगुन्ना र चार बर्षीया बालिका पार्वती ठगुन्नाको ज्यान गएको थियो ।

महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा साउन ९ गते गएको पहिरोमा परि नौँगाड गाउँपालिका वडा नम्बर २ का छ बर्षीय बालक जेनिस ठगुन्नाको पनि ज्यान गएको छ ।

साउन छ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्ती पहिरोमा परि लेकम गाउँपालिका वडा नम्बर पाँच का २६ बर्षीय अर्जुन दमाई र २२ बर्षीय मिलन दमाई (दाजुभाई) को ज्यान गएको थियो ।

दुँहु गाउँपालिका वडा नम्बर ३ मा गएको पहिरोमा परि सोहि ठाउँका ४५ बर्षीया ईन्द्रा जोशी र ५० बर्षीय रामदत्त जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

सुदूरपश्चिममा प्राकृति प्रकोपबाट ठुलो जनधनको क्षती भएको छ। बितेको चार महिनाको अवधीमा बाढी पहिरो, चट्याङ लगायतका प्राकृतिक प्रकोपबाट ठुलो क्षती भएको हो।

प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक प्रकोपमा परी ३९ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्। विपत्तीबाट हजारौँ परिवारले विस्थापित हुनुपरेको छ।

चार महिनाको अवधीमा भएको भौतिक र आर्थिक क्षतीको विवरण अझै संकलन भएको छैन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?