दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चम्तडीस्थित चौलानी नदी किनारमा एक बालकको शव फेला परेको छ ।

डिलाशैनी गाउँपालिका वडा नम्बर ३ बोगटी बस्ने सुनिल लुहारको छोरा बर्ष ४ का सञ्जीत लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरबाट साउन १७ गते बेलुकी हराएका बालक साउन १९ गते (सोमबार) साँझ नदीले बगाएर ल्याएको अवस्थामा नदी किनारमा फेला परेको प्रहरीले बताएको छ ।

सोमबार राती गोकुलेश्वर अस्पतालमा राखिएको शवको पहिचान खुलेपछि मंगलबार परिवारको जिम्मा लगाइएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?