सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षमाथिका दिर्घरोगीको कोरोना परीक्षण हुने

दार्चुला । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ज्वरो आएका, झाडापखाला लागेका, खोकी लागेका तथा श्वास फेर्न कठिनाई भएकाहरुको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ।

निर्देशनालयले प्रदेशभरीका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै कोभिड –१९ को नयाँ मापदण्ड तय भएका कारण जिव्रोले स्वाद अथवा गन्ध थाहा नपाउने तथा पखाला लागेको व्यक्तिहरुको कोरोना परीक्षण गर्न निर्देशन दिएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट ती विरामीहरुको नमूना संकलन गरी धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन स्वास्थ्य कार्यालयहरुलाई निर्देशनालयले अनुरोध गरेको जनाएकाे छ।

यसैगरी प्रदेशभरका सम्पूर्ण ६० वर्ष उमेर माथिका दिर्घरोगी, कोभिड–१९ फैलिएको स्थानबाट आएका व्यक्ति, विदेशबाट आएका सबै व्यक्ति, संक्रमितको परिवारका कम्तिमा दुईजना र संक्रमितको सम्पर्कका आएका सबै व्यक्तिको समेत कोरोना परीक्षण गर्न भनीएको निर्देशनालयका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?