दार्चुला । प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु भएको छ । प्रतिपक्षी दलले विभिन्न माग राख्दै संसद अवरोध गरेपश्चात अनिश्चितकालका लागि बन्द भएको प्रदेशसभा बैठक २७ दिनपछि आज शुरु भएको हो ।

प्रतिपक्षी दलले पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने र कोरोना नियन्त्रणका लागी गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै असार १० गतेबाट संसद अवरोध गर्दै आइरहेको थियो । असार २४ गते विरोधका बाबजुद पनि प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७।०७८ को बजेट पारित गरेको थियो ।

बैठकमा भने प्रतिपक्षी दलले संसद अवरोध गरेका छैन । आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले सदनलाई बन्धक बनाउन उचित नभएको भन्दै सञ्चाल गर्न सहमत भएको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?