दार्चुला । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले पाँच हजार नौ सय २५ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार चार सय ५२ जना क्वरेण्टीनमा छन् ।

नेपालमा अहिलेसम्म चार लाख ६ हजार चार सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस

फेरि दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?