दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ३ सुन्सेरा तुसरपानीमा पहिरोको उच्च जोखिममा रहेका २८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मङ्लबार बर्षा संगै पहिरो खस्न थालेपछि तुसरपानीका २८ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बस्ती रहेको स्थान भन्दा करिब चार सय मिटर माथिबाट पहिरो खस्न थालेकोले पुरै गाउँ नै पहिरोको जोखिममा परेको छ ।

विस्तापित भएका २८ परिवार मध्ये २१ परिवारलाई माहादेव आधारभुत विद्यालयमा सारिएको र सात परिवारलाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

यसैबिच मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ खोलिचौरामा समेत पहिरोले केहि परिवार विस्थापित भएका छन् । थप केहि परिवार विस्थापित हुने अवस्थामा रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउनुभयो ।

प्राकृतिक प्रकोपले दार्चुलामा हरेक बर्ष जनधनको ठूलो क्षती हुने गरेको छ । यो बर्ष मनसुन सुरु भएपछि झण्डै एक महिनाको अवधिमा पहिरोमा परि नौँ जनाको मृत्यु भएको छ ।

दार्चुलामा सबैभन्दा बढी नौगाड गाउँपालिकामा पाँच जनाको ज्यान गएको छ । नौगाड गाउँपालिकामा असार १४ गते राती वडा नम्बर ४ मा गएको पहिरोमा परि २३ बर्षीय चन्द्र सिह महता र चार बर्षीय शुसान्त महताको ज्यान गएको थियो । नौगाडकै वडा नम्बर छ मा साउन चार गते राती गएको पहिरोमा परि ४० बर्षीया मानमती ठगुन्ना र चार बर्षीया बालिका पार्वती ठगुन्नाको ज्यान गएको थियो ।

महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा साउन ९ गते गएको पहिरोमा परि नौँगाड गाउँपालिका वडा नम्बर २ का छ बर्षीय बालक जेनिस ठगुन्नाको पनि ज्यान गएको छ । साउन छ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्ती पहिरोमा परि लेकम गाउँपालिका वडा नम्बर पाँच पिडका २६ बर्षीय अर्जुन दमाई र २२ बर्षीय मिलन दमाई (दाजुभाई) को ज्यान गएको थियो ।
दुँहु गाउँपालिका वडा नम्बर ३ मा गएको पहिरोमा परि सोहि ठाउँका ४५ बर्षीया ईन्द्रा जोशी र ५० बर्षीय रामदत्त जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

यस्तै मनसुन सुरु भए संगै दार्चुलामा विभिन्न स्थानीयतहका १८ घर परिवार पूर्ण रुपमा विस्तापित भएका छन । एक महिनाको अबधीमा जिल्लामा बाढी, पहिरो र बर्षाका कारण १८ घर परिवार विस्तापित भएका हुन ।

मालिकार्जुन गाउँपालिकामा सबैभन्दा बढी ११ घरपरिवार विस्तापित भएका छन । साउन ५ गते मालिकार्जुन गाउँपालिका ८ खोलिचौरामा बर्षाका कारण ६ घर परिवार विस्तापित भएका छन । विस्तापित हनेमा मालिकार्जुन ८ खोलीचौराका प्रेम राम टमटा, सुन्दर राम टमटा,दानि राम टमटा,तारा टमटा, कलेराम कामी र पुष्कर धामीको परिवार विस्तापित भएका हुन ।

साउन ५ गतेकै बर्षाका कारण मालिकार्जुन गाउँपालिका ४ हुनैनाथका दामोदर धामीको परिवार विस्तापित भएको प्रहरीले जनाएको छ । यस्तै साउन ६ गतेको भारी बर्षाका कारण मालिकार्जुन गाउँपालिका ५ डाडाकोटका चन्द्र बहादुर पाल, नर बहादुर पाल र नैन राम लुहारको परिवार पनि विस्तापित भएका छन । विस्तापित भएका परिवारलाई अहिले विभिन्न विद्यालय र उनिहरुका आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै साउन १६ गते महाकाली नगरपालिका वडा नम्बर २ मैखोलीमा पहिरो खस्दा चार परिवार विस्तापित भएका छन । विस्तापित हुनेमा महाकाली नगरपालिका २ का कालु सिंह भुल, मनि राम भुल, परे भुल र ललित राम पार्कीको परिवार रहेका छन । अहिले चारै परिवारलाई दुर्गा लटिनाथ आधारभुत विद्यालयमा मैखोलीमा सारिएको छ ।

जिल्लामा बाढी तथा पहिरोमा परि सबै भन्दा बढी क्षती भएको नौगाड गाउँपालिकामा पनि बाढी तथा पहिरोमा परि ४ घरपरिवार विस्तापित भएका छन । नौगाड गाउँपालिका ४ होपरीमा असार १५ गतेको पहिरोमा परि स्थानीय मानमती महता र गमुवा महताको परिवार विस्तापित भएका छन ।

यस्तै नौगाड गाउँपालिका ६ धुलीगाडामा असार ४ गतेको बाढी तथा पहिरोमा परि स्थानीय हरजित सिंह ठगुन्ना र मान सिंह ठगुन्नको परिवार विस्तापित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी जोशीले बताउनुभयो । विस्तापित परिवारले सरकारलाई पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेका छन् ।

 

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?