दार्चुला । दार्चुलाको दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेवमा एक बृद्धा मृत फेला परेका छन् । ब्रह्मदेवका ८० बर्षीया नारु देबी बम घरभन्दा २० मिटर टाढा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बृद्धाको हत्या गरेर शब फालेको हुन सक्ने प्रहरीको अनुमान छ । दार्चुला प्रहरीका अनुसार हत्या गरेको आशंकामा मृतक बृद्धाका छोरा ५३ बर्षीय नरबहादुर बमंलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा खटिएको छ । मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउँ नदेखिएकोले घाटी च्यापेर हत्या गरेको प्रारम्भीक अनुमान गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बमलाई सोधपुछ गर्ने काम भइरहेकोले अहिले नै के कारणले मृत्यु भएको हो भन्ने एकिन भइनसकेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

मृतककाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लैजाने तयारी भइरहेकाे प्रहरी निरीक्षक जाेशीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?