मार्मा गाउँपालिकामा निषेधाज्ञा, दार्चुलाका ४० जना आईसोलेसनमा

दार्चुला । मार्मा गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेको भन्दै निषेधाज्ञा जारी गरिएको छ । अर्काै सुचना जारी नभए सम्मका लागी मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

मार्मा गाउँपालिकामा गत साता एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारले बढी संक्रमित देखिएका स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय अनुसार दार्चुलाको मार्मा गाउँपालिका सहित देशका विभिन्न १४ जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । देशका छ जिल्लामा जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको छ ।

दार्चुलामा कोरोना संक्रमण बढेपछि परीक्षणको दायरा बढाईने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा एकै दिन मार्मा गाउँपालिकाका १३ सहित १६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित बढेकोले पीसीआर परीक्षणको दायरा बढाईने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा हाल सम्म एक हजार तीन सय १४ जनाको पीसीआर परीक्षण गरिएको मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणको लागी एक हजार तीन सय ४२ जनाको स्वाब संकलन गरिएमा २८ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वस्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट््टले बताउनु भयो ।

दार्चुलामा आज ७४ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमा १ जनामा आरडिटी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन भट्टले बताउनुभयो । हालसम्म दार्चुलामा चार हजार नौं सय ४८ जनाको आरडिटी परीक्षण गरिएकोमा एक सय ६२ जनामा आरडिटी पोजिटिभ देखिएको छ ।

दार्चुलामा क्वारेन्टाईनमा बस्नेको संख्यामा कमी आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबार सम्म दार्चुला जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाईनमा ६९ जना रहेका छन भने १६ जना कोरोना संक्रमित सहित ४० जना आईसोलेसनमा रहेको कोरोना भाईरस फोकल पर्शन भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?