दार्चुला । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै मृतककाे कुल सङ्ख्या ६३ पुगेको हो ।

विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको कोशी अस्पतालले जनाएको छ ।

पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको काेराेना सङ्क्रमणबाट ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको १६ गते अस्पताल भर्ना गरिएकी सर्लाही मलङ्गवाकी ६५ वर्षिया महिलाको ज्यान गएकाे सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाण्डौले जनाएको छ ।

यसैबीच सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको ज्यान गएकाे छ । छिन्नमस्ता अस्पताल राजविराजमा उपचारकाे क्रममा दुई जनाको र एक जनाको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै ज्यान गएकाे जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो ।

उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो ।

यसैबिच पछिल्लाे २४ घण्टामा नेपालमा थप तीन सय ८१ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ ।

अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण भएको छ ।

सुदूरपश्चिममा आज ४३ जना कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या चार हजार ८ सय ८१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?