दार्चुला । दार्चुलामा ४२ र बैतडीमा ३ सय २० गरी दार्चुला र बैतडी दुबै जिल्लामा कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ । दार्चुलामा सबैभन्दा बढी मार्मा गाउँपालिकामा १७ जना संक्रमित रहेका छन् । गत हप्ता एकैदिन १३ जना संक्रमित भेट्टिएपछि मार्मा गाउँपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।

शैल्यशिखर नगरपालिकामा १५ जना, लेकम गाउँपालिकामा तीन जना, महाकाली नगरपालिका, दुँहु गाउँपालिका र व्याँस गाउँपालिकामा दुई÷दुई जना र मालिकार्जुन गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका नौँ स्थानीय तहमध्ये अपिहिमाल र नौगाड गाउँपालिकामा हालसम्म कसैमा पनि कोरोना पुष्टि भएको छैन् ।

संक्रमण पुष्टि भएका ४२ जनामध्ये २६ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । भने मार्मा गाउँपालिकाका १३ जनासहित जिल्लाभरी १६ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

बैतडीमा बिहिबार मेलौली नगरपालिका वडा नम्बर ७ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगैसंक्रमितको संख्या ३२० पुगेको हो । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।

बैतडीमा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २३, पुर्चौंडी नगरपालिकाका नौँ र डिलाशैनी गाउँपालिकाका सात जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमित मध्ये ३०४ जना डिस्चार्ज भईसकेका छन् भने १६ जना विभिन्न क्वारेन्टाइन तथा आइसोलेसनमा बसीरहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?