
दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराज बलालीमा घर माथिबाट पहिरो खस्दा घर पुरिएर घरभित्र रहेका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर आनसीह बोहराकी श्रीमती ४० बर्षीया पशुपति वोहरा र निजका १२ बर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको रेडियो लोकदर्पणका डिलाशैनी सम्बाददाता महेशराज पन्तले जानकारी दिनुभयो ।
बिहिबार राती १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए। उनीहरूको शव विहान ७ बजे फेला परेको पन्तले बताउनुभयाे ।
मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन्। मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एबं प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयाे ।
पहिरोले एक घर बिस्थापित भएको र छिमेकमा रहेका चार घर पहिराेकाे उच्च जोखिममा रहेको सम्बाददाता पन्तले बताउनुभयो ।