डाक्टरविहिन गोकुलेश्वर अस्पताल, स्थापनाको सात बर्षसम्म प्रमुख डाक्टर आएन : संघर्ष समिति

दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पताल डाक्टर विहिन भएको छ । २०७० सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ सैयाको अस्पतालमा स्तरोन्नती भएको अस्पतालमा नबौँ तहको एमडिजिपी डाक्टरको दरबन्दी भएपनि स्थापना भएको सात बर्षसम्म प्रमुख डाक्टर आएको छैन् ।

अहिलेसम्म अस्पताल प्रमुख (एमडिजिपी डाक्टर) नपाएको गोकुलेश्वर अस्पतालमा पछिल्लो समय मेडिकल अधिकृत समेत नहुदा उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीहरु समस्यामा परेका छन् । दुईजना मेडिकल अधिकृतको दरबन्दी भएपनि अहिले अस्पतालमा एक जना डाक्टर समेत कार्यरत नरहेको स्थानीयले बताएका छन् ।

अस्पतालबाट डाक्टर महादेब भट्टको सरुवा भइसकेको भएपनि स्थानीयको हिसाबले केहि समयदेखि बिरामीहरुको उपचार गर्दै आइरहनुभएको छ । दार्चुला र बैतडी दुबै जिल्लाका बिरामीहरुको चाप हुने गोकुलेश्वर अस्पतालमा डाक्टर अभाव हुदा सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम र तराईका अस्पतालहरु धाउनुपर्ने बाध्यता छ ।

बिरामीहरुको चाप बढी भएकै कारण १५ शैयाको अस्पतालमा २५ शैया सञ्चालन गरिएको छ । तर डाक्टर नहुदा अस्पतालका शैयासम्म पुग्ने बिरामीहरुले रोग पालेर बस्नुपर्ने बा अन्यत्रै गएर उपचार गराउनुपर्ने बाध्यता रहेको स्थानीय युवा राजेशसिंह बिष्टले बताउनुभयो ।

यसैबिच गोकुलेश्वर अस्पताल स्तरोन्नती अभियानका लागि भन्दै संघर्ष समिति गठन गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर अस्पताल प्राङ्गणमा दार्चुला र बैतडीको गोकुलेश्वरका स्थानीयहरुको उपस्थितिमा संघर्ष समिति गठन गरिएको हो । स्थानीय युवा राजेशसिंह बिष्टको संयोजकत्वमा नौँ सदस्यिय संघर्ष समिति गठन गरिएको मदनसिंह शाहुले जानकारी दिनुभयो ।

संघर्ष समितिले हालसम्म अस्पतालसंग रहेको नगद, जिन्सि समान एबं उपकरण, मेसिनहरुको विवरण, शुल्क सेवा विवरण, अस्पताल व्यवस्थापन पक्षको नाफ घाटा विवरण, एम्बुलेन्स दररेट आदि विवरण अस्पताल प्रशासनबाट माग गर्ने निर्णय गरेको छ । उक्त विवरणहरु अद्ययन गरी स्थानीय सरकार तथा अस्पताल व्यवस्थापन समितिसंग छलफल गर्ने एबं ध्यानआकर्षण गर्ने निर्णय गरिएको संघर्ष समिति संयोजक बिष्टले बताउनभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?