दार्चुलामा आठ स्थानीय तहका १८८ जनाको स्वाब संकलन

दार्चुला । दार्चुलामा कोरोना संक्रमितको संख्या बढेपछि परीक्षणको दायरा पनि बढाईएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बिहिबार कोरोना संक्रमितको सम्पर्कमा आएका क्वारेन्टाईन र आईसोलेसनमा रहेका गरी एक सय ८८ जनाको पीसीआर परीक्षणको लागी स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

दार्चुलाको अपि हिमाल गाउँपालिका बाहेक सबै स्थानीय तहबाट स्वाव संकलन गरी पीसीआर परीक्षणको लागी पठाईको उहाँले बताउनुभयो ।

दार्चुलामा गत साता एकै दिन मार्माका १३ सहित १६ जनामा कोरोना संकरमण पुष्टि भएको थियो । जिल्लामा हाल सम्म एक हजार तीन सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका ४२ जना मध्ये २६ जना कोरोना मुक्त भएर घर फर्कि सकेको स्वस्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरी १६ जना संक्रमितसहित ४० जना आइसोलेसनमा रहेका छन् ।

एकैदिन १३ जना संक्रमित भेट्टिएपछि मार्मा गाउँपालिकामा निशेधाज्ञा जारी गरिएको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ९ पुगेको छ। संक्रमण पुष्टि भएका तीन हजार ७ सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे । देशभरीमा ७० जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी र निजी कार्यालयमा हुँदै आएका भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको महामारी बढेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको र प्रदेश मन्त्रीमा समेत कोरोना पुष्टि भइसकेकाले भिडभाड नगर्न र अत्यन्तै सजक रहन मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गते चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७ स्वीकृत गरी लागू गरेको छ । मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने वा भेटनैपर्ने भए कम्तिमा दुई मिटर दूरी अनिवार्यरुपमा कायम गर्न सुझाइएको छ ।

सामाजिक दूरीको पालना नहुँदा कोरोनाभाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बाहिर भेटघाट कम गर्ने वा भेटनैपर्ने भए मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने मापदण्डमा समेटिएको छ । मास्कको प्रयोग यसअघि नै मन्त्रालयले अनिवार्य गरेको छ । तर जात्रा, उत्सव वा चाडपर्वमा मात्रै नभई सर्वसाधारणले भीडभाडमा हिंड्दा समेत मास्क नलगाउँदा एकैजनाले थुप्रै व्यक्तिलाई सङ्क्रमित बनाएको मन्त्रालयको अध्ययनबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?