दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ कार्कीगाउँ फारभिटा भन्ने स्थानमा गोरुले हिर्काउदा एक जना महिलाको मृत्यु भएको छ ।

घाँस काटेर घर फर्किने क्रममा बाटोमा गोरुले भारीको पछाडिबाट हान्दा ५० बर्षीया राइमती कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चराउन पठाइएको गोरुले हानेर ती महिलाको मृत्यु भएको हो । घाँसकै भारीसहित भीरबाट चार सय मिटर तल खसेका महिलाको घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घट्नास्थलमा प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली खटिएको छ ।

मृतकका एक छोरा नरेन्द्र कार्की काठमाण्डौं र अर्को छोरा मदन कार्की कतारमा रहेका छन् । मृतक एकल महिला रहेकाे स्थानीय बिरसिह कार्कीले बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?