
दार्चुला । सुदूरपश्चिम प्रदेशमा साउन ३१ गते शनिबार युवा सम्मेलन भइरहेको छ । युवा सम्मेलनमा दार्चुला सहित सुदूरपश्चिमभरीका झण्डै एक सय ५० जना युवाहरुको सहभागिता रहने नेपाल युवा परिषद दार्चुलाका अध्यक्ष भुपेन्द्र बिष्टले बताउनुभयो ।
प्रदेश युवा सम्मेलन २०२० नाम दिइएको उक्त एक दिने सम्मेलन अनलाइनका माध्यमबाट (भर्चुअल बिधिबाट) सम्पन्न हुने बिष्टले बताउनुभयो ।
सम्मेलनमा सुदूरपश्चिमका प्रत्येक जिल्लाबाट कम्तीमा ५ जना महिला तथा ५ जना पुरुषले सहभागीता जनाउने तयारी छ । त्यसबाहेक इच्छुक युवाहरुले समेत सम्मेलनमा सहभागिता जनाउन सक्ने नेपाल युवा परिषद् दार्चुलाका महासचिव सन्तोषसिंह ठगुन्नाले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा सहभागी हुन अनलाइन फारम भरेको हुनुपर्ने छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्देश्यका साथ भेलाको आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ ।
सम्मेलनमा १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुको सहभागीता रहने अध्यक्ष बिष्टले बताउनुभयो । सम्मेलनमा रेडियो लोकदर्पण लगायत विभिन्न सञ्चारमाध्यमहरुले सहयोग तथा सहकार्य गरेका छन् ।