रहेनन दार्चुलाका ‘रजबार साप’

दार्चुला । दार्चुलाका पहिलो राष्ट्रिय पञ्चायत सदस्य कमानबहादुर पाल (रजबार साप) को निधन भएको छ। उहाँको ९७ बर्षको उमेरमा कञ्चनपुरमा शुक्रवार राति निधन भएको हो। उहाँको पार्थिव शरिर महेन्द्रनगरको गोबरैयास्थित घरमा ल्याइएको पारिवारिक श्राेतले बताएकाे छ।

महाकाली नदीमा दाहसंस्कार गर्ने तयारी छ। पालको चमेलिया नदी वारी पङसेरामा दरबारकै झझल्को दिने घर थियो। द्धन्द्धकालमा माओवादीले उक्त घर कब्जामा लिएर सबै सम्पत्ती लुटेका थिए। त्यसपछि पाल बिस्थापित भएर कञ्चनपुर पुग्नुभएकाे थियाे ।

पछिल्लो एक बर्ष यता भने बनबासामा बस्दै आउनुभएकाे थियाे। पाल पञ्यायतकालीन अवस्थामा दार्चुलाबाट दुई पटक राष्ट्रिय पञ्चायत सदस्य हुनुभएकाे थियाे ।

पञ्चायतकालमा भौगोलिक र राजनीतिक हिसाबले दार्चुलालाई चार गर्खामा बिभाजन गरिएपनि त्यो भन्दा पहिले देखिनै तीन क्षेत्र तोकेर तिरो तिराउने चलन थियो।

दार्चुलाको लेकमका बासिन्दाले कमानबहादुर पालको ‘दरबार’ मा तिरो बुझाउथे। मार्माको बिटुले, बझाङसंग जोडिएको बुङगल, बैतडी सीमा र लेकमतर्फ मालिकार्जुनसम्मका बासिन्दाले पाल परिवारलाई तिरो बुझाउथे।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?