
दार्चुला । दार्चुलामा लागू औषधसहित महाकाली नगरपालिका- ४ का २४ वर्षीय गणेश राम भूल पक्राउ परेका छन् ।
चेकजाँचको क्रममा लागू औषध भेटिएपछि बंगाबगडबाट भूललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
पक्राउ परेकाे भूलको साथबाट २२ सिसी कोरेक्स र ४ सय २४ क्याप्ससुल स्पाश प्लस बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयाे ।
लागू औषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।