बंगाबगडबाट २२ सिसी कोरेक्स र ४२४ क्याप्ससुल स्पाश प्लससहित गणेश पक्राउ

दार्चुला । दार्चुलामा लागू औषधसहित महाकाली नगरपालिका- ४ का २४ वर्षीय गणेश राम भूल पक्राउ परेका छन् ।

चेकजाँचको क्रममा लागू औषध भेटिएपछि बंगाबगडबाट भूललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

पक्राउ परेकाे भूलको साथबाट २२ सिसी कोरेक्स र ४ सय २४ क्याप्ससुल स्पाश प्लस बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयाे ।

लागू औषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?