दार्चुला । दार्चुलाको महाकाली नगरपालिका-२ पार्की टोल र चुक्याडीका पहिरो पिडित परिवारका लागि संकलन गरिएको रकम साेमबार हस्तान्तरण गरिएको छ । घर पूर्ण क्षति भएका, घरमा काेहि रोजगार नभएका, घर क्षति भएको तर घरमा रोजगार भएको तथा घर जोखिममा रहेका परिवारलाई २ लाख रुपैया हस्तान्तरण गरिएको हाे ।
महाकाली युवा समाज दार्चुलाले साउन १७ गते आएको बाढि र पहिरोका कारण समस्यामा परेका पहिरो पीडित ६ घरपरिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएकाे छ । युवा समाजले घरमा क्षति पुगेर समस्यामा परेका राम भुल र मनि राम भुललाई जनही ५० / ५० हजार रुपैँया, ललित राम पार्की र कालो भुललाई जनही ३६/३६ हजार रुपैँया आर्थिक सहयोग गरिएको स्थानीय उदयसिह बोहराले बताउनुभयो ।
बाेहराका अनुसार पहिरोमा परेर समस्यामा परेका रुपसिह पार्कीलाई २० हजार तथा अमरा पार्कीको परिवारलाई ८ हजार रुपैँया आर्थिक सहयोग गरिएको छ ।
बाढि पहिरोमा परेर सममस्यामा परेका व्यक्तिलाई सहयोग गर्न भन्दै समाजले सार्वजनिक अपिल गरेको थियो ।युवा समाज महाकाली नगरपालिकाले २ लाख १४ हजार १ सय ४३ रुपैँया रकम संकलन गरेको थियो । संकलन भएको रकममध्ये २ लाख रुपैयाँ राहत वितरण गरिएको छ । भने बाकी हुन आएको १४ हजार १ सय ४३ रुपैँया रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिने समाजले जनाएको छ ।
महाकाली नगरपालिकाले पिडित परिवारलाई एक एक लाख रुपैँया उपलब्ध गराउने घोषणा गरेको छ भने नेकपा वडा कमिटि र प्रधानमन्त्रीका स्वीकय सचिवले राहत उपलब्ध गराएको नेकपा वडा कमिटि अध्यक्ष बिरसिह डोबालले बताउनुभयाे ।