दार्चुला । शिक्षाका लागी खाद्य कार्यक्रम इकाई केन्द्र दार्चुलाले झण्डै १३ हजार विद्यार्थीलाई टेक होम खाद्यान्न वितरण गरेको छ । दार्चुलामा शिक्षाको लागी खाद्य कार्यक्रम लागु भएका एक सय ९१ वटा विद्यालयहरुका १२ हजार ८१६ जना विद्यार्थीलाई चामल, दाल र तेल वितरण गरिएको छ ।
चालु शैक्षिक सत्रको तिन महिना बैशाख, जेठ र असारमा कोरोना प्रभावका कारण विद्यालयहरु खुल्न नसकेकोले तिन महिनाको खाद्यान्न, कार्यक्रम लागु भएका विद्यालका विद्यार्थीहरुलाई वितरण गरिएको शिक्षाका लागी खाद्य कार्यक्रम इकाई दार्चुलाका प्रमुख योगेन्द्र बहादुर बमंले जानकारी दिनुभयो । प्रति विद्यार्थी छ किलोग्राम चामल, डेढ किलोग्राम दाल र आधा लिटर तेल वितरण गरिएको उहाँले बताउनुभयो ।

खाद्य कार्यक्रम इकाई दार्चुलाका अनुसार महाकाली नगरपालिकाका १५ विद्यालयको ६६८ जना विद्यार्थीले टेक होम खाद्यान्न पाएका छन् । मार्मा गाउँपालिकाका ३८ विद्यालयका दुई हजार ९३२ जना विद्यार्थीले खाद्यान्न पाएका छन् । शैल्यशिखर नगरपालिका १८ विद्यालयहरुका एक हजार ६३१ जना विद्यार्थीले टेक होम खाद्यान्न पाएका छन् ।

अपि हिमाल गाउँपालिकामा खाद्य कार्यक्रम लागु भएका १९ विद्यालयका ९३४ विद्यार्थी, नौगाड गाउँपालिकाका ३६ वटा विद्यालयहरुका तीन हजार ११४ विद्यार्थी, मालिकार्जुन गाउँपालिकाका २१ वटा आधारभुत विद्यालयहरुका एक हजार ३६ विद्यार्थी, लेकम गाउँपालिकाका १० विद्यालयहरुका ३८९ विद्यार्थी, दुँहु गाउँपालिकाका १४ वटा विद्यालयका एक हजार ६१ विद्यार्थी र व्याँस गाउँपालिकाका २० वटा विद्यालयका एक हजार ९१ जना विद्यार्थीहरुले टेक होम खाद्यान्न पाएका छन् ।

दार्चुला जिल्लामा २०५७ सालदेखि लागु भएको शिक्षाको लागी खाद्य कार्यक्रमले आधारभुत तहका विद्यार्थीहरुलाई लिटो, तेल वितरण गर्दै आएकोमा गत वर्षदेखि दिवाखाजा वितरण गर्दै आएको छ । कोरोना प्रभावले विद्यार्थीहरु नयाँ शैक्षीक सत्रमा भर्ना नभएको र शिक्षाको लागी खाद्य कार्यक्रमका लागी विद्यालयहरु संग नयाँ सम्झौता नभएको अवस्थामा गत शैक्षिक सत्रको विद्यार्थी तथ्याङ्कका आधारमा विद्यार्थीहरुलाई टेक होम खाद्यान्न वितरण गरिएको खाद्य कार्यक्रम इकाई दार्चुलाका प्रमुख बमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?