सुदूरपश्चिमका ५० सहित एकैदिन १०१६ जनामा काेराेना सङ्क्रमण, हालसम्म ११४ जनाकाे मृत्यु

दार्चुला । मंगलवार सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन्।

उता काठमाडौँमा भएको परीक्षणमा दार्चुलाका दुई र कञ्चनपुरका एक गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे ।

मंगलवार ५० जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७६ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा ८ सय ८१, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय १९, बझाङका दुई सय ९८ र दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । साथै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना छन् । यस्तै जना क्वरेण्टीनमा १३ हजार नौ सय २६ रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक सय १४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?