दार्चुला । म‌ंगलबार राती आएको अविरल वर्षाका कारण मालिकार्जुन गाउँपालिका वडा नम्बर २ काे भैसीखर्क बस्ती जोखिममा परेको छ । न्वालपानी क्षेत्रबाट पहिरो फुटेर आउँदा भैसेखर्कका एक दर्जन वस्ती जोखिममा परेकाे स्थानीय धिरन धामीले बताउनुभयाे ।

भैसीखर्कका २ वटा घरमा पूर्ण क्षति पुगेको धामीले बताउनुभयो । तत्काल गाउँमाथिबाट आएको पानीको मुहान नियन्त्रण गर्न नसके पूरै गाउँ सखाप हुने स्थित रहेकाे छ । न्वालपानी क्षेत्रबाट पुरै जमिन भासिएकाेले भैसीखर्क बस्ती पहिराेकाे उच्च जाेखिममा रहेकाे स्थानीय धामीले बताउनुभयाे ।

यसैबिच पहिरोकाे उच्च जोखिममा परेका मालिकार्जुन गाउँपालिका-२ भगवतिका १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत साउन ८ गतेको अविरल वर्षाका कारण बस्तीको दुई भागतिरबाट जमिन भाँसिदा जोखिममा परेका घरधुरीलाई सुरक्षित स्थानमा सारिएको हो ।

जमिन भासिदा जाेखिममा परेका आम्पेडाका ६ परिवार, ज्युनडाका ५ र नायलका ६ परिवारलाई आफन्तको घरमा सारिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?