दार्चुला । दार्चुलाकाे अपि हिमाल गाउँपालिका वडा नम्बर ५ मा रहेकाे मकरीगाड हाइड्रोपावरमा काम गर्ने एक जना कामदारको ढुंगा लागेर मृत्युु भएको छ ।

मृत्यु हुनेमा अपि हिमाल गाउँपालिका–५ मकरीगाडका २९ वर्षिय सुनिल धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

मंगलबार दिउसो १ बजे तिर हाइड्रोपावरको पोल बोक्ने क्रममा माथीबाट खसेको ढुंगा लागेर धामीको मृत्यु भएको उहाँले बताउनुभयो ।

खसेको ढुंगा सुनिलको कम्मरमा लाग्दा गम्भिर घाइते भएको तथा उपचारका लागी गोकुलेश्वर अस्पताल ल्याउदै गर्दा मार्मा गाउँपालिकाको सिमार भन्ने स्थानमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतकको शव पोष्टमार्टमका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । उक्त आयोजनाको निर्माण मकरीगाड हाइड्रोपावर प्रालिले गरिरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?