दार्चुला । बैतडीकाे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ लामाखेतमा हाइस दुर्घटना हुँदा दार्चुलाका छ जना सहित सात जना घाइते भएका छन् । जसमध्ये दुइ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुनेहरुमा गाडी साहु डडेल्धुरा अमरगढी नगरपालिका ७ का शेर बहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का २५ बर्षीया बिस्ना जोशी रहेका छन् ।
दुर्घटनामा दार्चुलाको शैल्यशिखरकै ३९ बर्षीय नवराज जोशी, ४२ बर्षीया लक्ष्मी जोशी,३९ बर्षीय जयदेव जोशी, ४२ बर्षीय पल्लभ जोशी पनि घाइते भएका छन् ।
घाइतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।अन्य घाइतेहरुको पाटनमा उपचार भइरहेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा ३ ख ९११७ नम्बरको हाइस दशरथचन्द राजमार्गको पाटनस्थित लामाखेतमा बुधवार राती दुर्घटनामा परेको हो ।
१७ जना सवार हाइस सडकबाट २० मिटर तल खसेको छ । ब्रेक फेल भएर हाइस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
हाइसका चालक धिर्क बहादुर खडायतलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे बैतडी प्रहरीले जनाएकाे छ ।