
दार्चुला । बिहिवार सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको हो।
कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयाे। उहाका अनुसार भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनालाई पनि कोरोना देखिएको छ।
यता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १५ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डोटीमा नौँ सय १९, अछाममा सात सय ७०, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ६ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुराका तीन सय १५, बैतडीका तीन सय २४, बझाङका दुई सय ९८ र दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ।
यसैबिच नेपालमा गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएकाे हाे ।
११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ ।
अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।
गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।
पर्सामा तीन जना, काठमाण्डाै, मकवानपुर र सप्तरीमा एक/एक जना गरी ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।