दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीमा पहिरोवाट कम्तिमा १५ घरपरिवार विस्थापित भएका छन । निरन्तरको वर्षाका कारण अहिले सम्म दुई घरमा पूर्ण क्षती भएको स्थानीय हिरा धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का अधिकासं बस्तीमा पहिरो जाने क्रम अझै रोकिएको छैन् ।

स्थानीय धिरन धामीले भन्नुभयो, पहिरो गएको समयमै जानकारी पाएकोले अहिलेसम्म मानविय क्षती भएको छैन् । एक दर्जन बढी परिवारले ठूलो भौतिक क्षती व्यहोर्नुपरेको छ ।

पहिरोको उच्च जोखिममा परेका मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीका १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन भासिदा जोखिममा परेका आम्पेडका ६ परिवार, ज्युनडाका ५ र नायलका ६ परिवारलाई आफन्तको घरमा सारिएका छन ।

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण नगरे निकट भविष्यमा ठूलो क्षती व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?