
दार्चुला । दार्चुलामा तीन दिन देखि विद्युत सेवा अबरुद्ध हुदा समस्या भएको छ ।
मङ्लबार राती बर्षा संगै खसेको पहिरो र हावाहुरीको कारण चार चुँडिएको र ठाउँठाउँमा पोल पहिरोमा परेको कारण दार्चुलामा विद्युत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा दार्चुलाका प्राविधिक सुरेश भट्टले बताउनुभयो ।
दार्चुला संगै सुदूरपश्चिमका अन्य छ जिल्लामा पनि विहिबार दिउँसोदेखि बन्द भएको विद्युत सेवा अझै सुरु भएको छैन ।
कैलालीको अत्तरियाबाट वितरण हुँदै गएको एक सय ३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण दार्चुला सहित, बझाङ, डडेल्धुरा, अछाम, डोटी र बाजुराको विद्युत सेवा पूर्णरुपमा बन्द भएको हो ।
मर्मतको लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत सेवा सञ्चालन गर्न नसकिएको हो ।
विद्युत अबरुद्ध हुदा सुदूरपश्चिम प्रदेशका छ पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु बन्द भएका छन् । विद्युत र सञ्चार सेवा अवरुद्द हुदा स्थानीय सेवाग्राहि समस्यामा परेका छन् ।