दार्चुला ।  सुदूरपश्चिममा शुक्रवार थप ९२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिनुभयो ।

उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन् । अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन् ।

धनगढी वडा नम्वर ३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको हो।

उता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि

पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिनुभयो ।

उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन् । अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन् ।

धनगढी वडा नम्वर ३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको हा े। उता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?