
दार्चुला । कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ ।
सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ ।
योसँगै नेपालमा अहिलेसम्म १४६ जनाको ज्यान गएको छ ।
यसैबिच नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज काठमाण्डौ उपत्यकामा मात्रै २१६ जना सङ्क्रमित थपिएका छन् ।
याे सँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।