
दार्चुला । दार्चुलामा चालु आर्थिक बर्ष २०७७÷०७८ बाट माटो स्वास्थ्य कार्य योजना लागु हुने भएको भएको छ । जिल्लाका नौ ओटै स्थानीय तहबाट पहिलो चरणमा एक स्थानीय तहबाट एक सय वटा माटोको नमुना संकलन गरि परीक्षण गरिने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
माटोको परीक्षण नगरिदा किसानहरुलाई कृषि उपज उत्पादनमा समस्या भएको छ । कुन ठाउँमा कस्तो कृषि उपज फलाउन उपयुक्त हुन्छ भन्ने कुरा माटो परिक्षणबाटै थाहा हुने भए पनि जिल्लामा माटोको परिक्षण नै नहुँदा समस्या भएको हो ।
दार्चुलाका ८५ प्रतिशत मानिस कृषि पेसामा आवद्ध रहेको भए पनि माटो परीक्षण गर्न नसकिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले बताउनुभयो । माटोको परीक्षण नहुदा कृषकहरुले सोचे अनुरुपको कृषि उत्पादन नभईरहेकोले यो बर्ष बाट माटो स्वास्थ्य कार्ड योजना लागु गरिने भएको छ ।
जिल्लाका नौ आटै स्थानीय तहबाट माटोको नमुना संकलन गरि परीक्षणको लागि नमुना संकलन गरिने ज्ञान केन्द्र प्रमुख पन्तले भताउनुभयो । यो बर्ष दार्चुलाका नौ वटै स्थानीय तहबाट नौ सय वटा माटोको नमुना संकलन गरि पहिलो चरणमा परीक्षणको लागी पठाउने लक्ष्य रहेकोे छ ।
एकै सिजनको माटो परीक्षण बाट सबै कुराहरु पत्ता लगाउन नसकिने भएकोले पाँच बर्ष सम्म बर्षको दुई चरणमा माटोको नमुना परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । पहिलो चरणको माटो परीक्षणको लागि मकै भित्र्याउने बेला अर्थात असोजको अन्त्य तिर बाट माटोको नमुना संकलन गर्ने गरि तयारी भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
त्यस्तै बर्षको दास्रो चरणमा गहँु भित्र्याउने बेला अर्थात बैशाखबाट सुरु गरिने भएको छ । जिल्लामा माटो परीक्षणको लागि शिविर सञ्चालन गर्ने सकिने भए पनि शिविर सञ्चालन बाट माटोको अम्लीय पना, मल प्रयोग कति गर्ने र कसरि गर्ने भन्ने कुराहरु मात्रै पत्ता लाग्ने र परीक्षणको लागि प्रयोगशाला मै उपयुक्त हुने भएकोले माटोको नमुना प्रयोगशालामै परीक्षण गरिने छ ।
विभिन्न बालीवस्तु लगाउने माटोमा हरेका खाद्य तत्वहरु, अम्लिय तथा क्षारियपना प्राङ्गारीक पर्दाथ आदिको अवस्था पहिचान गर्न, माटोको उर्वराशक्ति ह्रासलाई सुधारगरि विभिन्न बालीहरुको लागी उपयुक्त बनाउने उदेश्य माटोको परिक्षण गर्न लागीएको हो ।
उत्पादनमा बृद्धि गर्न माटो परीक्षण आवश्यक भएकोले पाँच बर्षसम्म जिल्लाका नौ वटै स्थानीय तह बाट साढे चार हजार माटोको नमुना परीक्षण गरिने कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले बताउनुभयो ।