दार्चुला। सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

२०७७ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले आज थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिइएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुनेछ। अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ । २०७७ सालमा दिईने बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ ।

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिईएको थियो । यस्तै पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन् ।

थारु समुदायले माघी पर्वमा तीन र सुदूरपश्चिमका पहाडी समुदायले पनि गौरा पर्वमा तीन दिनसम्म सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?