सुदूरपश्चिमका ५१ हजारको कोरोना परीक्षण, पाँच हजार तीन सय ३१ जनामा काेराेना पुष्टी

दार्चुला। सुदूरपश्चिम प्रदेशमा ५१ हजार बढिको कोरोना परीक्षण गरिएको छ।

प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ५१ हजार एक सय ८८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत २६ हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ भने डडेल्धुरा प्रयोगशाला, डोटी प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत २४ हजार पाँच सय ६५ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ५५ हजार एक सय ६३ जनाको स्वाब संकलन गरिएकोमा तीन हजार नौँ सय ७५ जनाको रिर्पोट आउन बाँकी छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ३१ पुगेको छ।

संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?