दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका मालिकार्जुन गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा गरिएको स्वाँव परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय पुरुषमा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

गत साउन २७ गते गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर ८ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका घरपरिवार र छिमेकीका १७ जना महिला तथा ३० जना पुरुष गरी ४७ जनाको स्वाँव संकलन गरिएको थियो । जसमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अहिले कोरोना देखिएका व्यक्तिलाई स्थानीय तहको आइसोलेसनमा ल्याउन लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिनुभयो ।

ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका व्यक्तिहरुको स्वांब संकलन गरिएको स्वास्थ्य संयोजक ओझाले बताउनुभयो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?