दार्चुला । बैतडीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने बालिका सहित थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानएको छ ।

काठमाण्डौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पाटनमा आएका ३१ बर्षीय प्रहरी जवान, काठमाण्डौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आउनुभएकी प्रहरी जवानकी ६ महिने छोरी , सुर्नया गाउँपालिकाका ३९ बर्षीय पुरुष र दशरथचन्द नगरपालिका ९ का २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने ६ महिने बालिका आफ्नै आमासंग क्वारेन्टाइनमा रहेकी जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।

यस्तै सुर्नया र दशरथचन्द नगरपालिका ९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसीरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो । होम क्वारेन्टाइनमा बस्ने भन्दै उनीहरु घर फर्केका र घर फर्केपछि उनीहरुमा कोरोना पुष्टि भएको हो ।

भारतबाट फर्केर सिधै घर पुगेकाहरुमा कोरोना देखिएपछि समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको  भुवन प्रसाद जोशीले बताउनुभयो ।

स्थानीय तहहरुले पछिल्लो समयमा क्वारेन्टाइन व्यवस्थापनमा ध्यान नदिँदा कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आज थप ४ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ३२९ पुगेको छ । ३२९ जना मध्ये ५ जना सक्रिय संक्रमित क्वारेन्टाइनमा छन् भने २ जना होम क्वारेन्टाइनमा रहेका बताइएको छ । अन्य ३२२ जना संक्रमित डिस्चार्ज भईसकेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?