दार्चुला । कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा स्क्रब टाईफसका जोखीम समेत बढ्दै गएको छ ।
स्क्राब टाईफस गएको विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ ।

दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रब टाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो विरामी महिला एक हप्ता अघि देखी विरामी भएर गाँउकै क्लीनिकको उपचारले निको नभएपछि गम्भिर अवस्थामा जिल्ला अस्पताल ल्याईएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रब टाईफस पुष्टी भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार स्क्रब टाईफस बझाङमा पहिलो पटक देखा परेको हो ।

किर्ना प्रर्जातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स-साना विविरा आउने, हालखुट्टा दुख्ने , दिउसो ठिक भएपनि राती बढी ज्वरो आउने लक्षण रहेने गरेको बताईएको छ ।

जिल्लामा एक सातायता मात्रै २५ जनामा स्क्रब टाईफस देखीएको डाक्टर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तड(छान्न गाँउपालिका, थलारा गाँउपालिका, दुर्गाथली गाँउपालिका, र मष्टा गाँउपालिकामा देखा परेको छ।

यस बाट बच्नका लागी जिल्ला अस्पतालले ब्यक्तीगत र घर आगन सरसफाईमा जोड दिने, पशुचौपाया, मुसाहरु बाट बच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेका छन् ।

स्क्रब टाईफसको उच्चजोखीममा महिलाहरु बढी रहेको डाक्टर मिलन खड्काले बताउनुभयो । २५ जनामध्ये १२ जना भन्दा बढी महिला रहेका छन् ।

महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रबको जोखीममा रहेका उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?