बैतडीमा सोमबारदेखि निषेधाज्ञा, दार्चुलामा आंशिक निषेधाज्ञा

दार्चुला । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । सोमबार राति १२ बजेदेखि आउँदो १४ गते राति १२ बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र गौरापर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने बताउनुभयो । यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ ।

यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक अन्य गाडी प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक गाडीमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ।

दार्चुलामा आंशिक निषेधाज्ञा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?