
दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ टकना बुरुसेका २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएको छ । ब्लडक्यान्सर भएपछि उहाँको अहिले काठमाडौँमा उपचार भईरहेको दिपेन्द्रका साथी अनिल परियारले बताउनुभयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा समस्या देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो । महाकाली अस्पतालले उहाँलाई धनगढी रेफर गरेको थियो । धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ब्लड क्यान्सर भएको भन्दै काठमाडौँ रेफर गरिएको दिपेन्द्रकी बहिनी जानकी पालले बताउनुभयो । दिपेन्द्रको अहिले काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको भएपनि उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि सबैसँग याचना गरिएको उहाँले बताउनुभयो ।
अस्पतालले ब्लड क्यान्सरको उपचारका लागि झण्डै ९ लाख र वनम्यारो प्रत्यारोपण गर्न १२ देखि १६ लाख सम्म बजेट आवश्यक पर्ने बताएको छ, पालले भन्नुभयो, तर त्यती ठुलो रकम व्यवस्थापन गर्न सक्ने सामथ्र्य नभएकोले उपचारमा समस्या हुने देखिएपछि सहयोगका लागि अपिल गर्नुपरेको आफन्तजनले बताएका छन् ।
सहयोग गर्न चाहने व्यक्तिले उहाँको मोवाइल नम्बर ९८६८७२२२०६ मा सम्पर्क गर्न सकिने तथा बिरामी दिपेन्द्रकी बहिनी जानकि पालको नाममा लक्ष्मी बैंक लेकम शाखामा रहेको खाता नम्बर ०९०२३००५०१४ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।
अहिले सामाजिक सञ्जालमार्फत समेत बिरामीको उपचारका लागि उपचार खर्च संकलन अभियान सञ्चालन भइरहेको छ ।