दार्चुला । विभिन्न सामाजिक काम गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाजले दार्चुलाका बाढी, पहिरो पिडित परिवारलाई राहत वितरण गरेको छ ।

दार्चुला जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुं गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिकामा पछिलो समयमा परेको अविरल वर्षाका कारण विस्तापित भएका परिवारलाई विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा राहत वितरण गरिएकाे हाे ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपाली हरुलाई आईपर्ने समस्याहरु को समाधानका लागि नेपालमा प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरुद्वारा पहिरोका कारण घरबार विहिन अवस्थामा रहेका पिडित परिवारलाई र पारिवारिक स्थिति कमजाेर भएका तथा जीविकोपार्जन गर्न समस्यामा परेका पिडितहरुको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक खाद्यान सामाग्रीहरु हस्तान्तरण गरिएकाे सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धन बहादुर बलायरले बताउनुभयाे ।

समाजद्वारा दार्चुलाको महाकाली नगरपालिका, नौगाड गाउपालिकामा भदाैँ ४ गते अर्थात अगस्त २० तारिकको दिन पिडित परिवारलाई खाद्यान चामल, दाल, नुन, तेल, कम्मल र पानि भर्ने बाल्टीन लगायतको सामग्री बितरण गरिएकाे छ। यस्तै भदाैँ ४ र ५ गते अर्थात अगस्त २० र २१ तारिकमा पहिरोबाट पिडित लेकम गाउपालिका को पिडित घर परिवार र पारिवारिक अार्थिक स्थिति कमजाेर रहेका परिवारलाई चामल, दाल, नुन, तेल, साबुन, सोडा लगायतको सामग्री बितरण गरेका छ।

राहत बितरणकै क्रममा भदाैँ ८ गते साेमबार अर्थात अगस्त २४ तारिक को दिन बाढी पहिरो बाट पिडित घरवार विहिन अवस्थामा रहेका परिवारलाई मालिकार्जुंन गाउपालिकामा पनि राहत बितरण कार्यक्रम सम्पन्न भएको छ। राहत वितरणको क्रममा मालिकार्जुन गाउँपालिकाका १३ वटा विस्थापित परिवारलाई राहत वितरण गरिएको छ ।

सुदूरपश्चिमेली नेपाली समाजको सहयोगमा पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका दार्चुलाका झण्डै ५० परिवारलाई राहत वितरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्यि समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । मालिकार्जुनको वडा नम्बर २ ज्युनडा, अम्पेड नाईल र वडा नं. ८ पस्ती, खोलिचोराका विस्तापित १३ परिवारलाई राहत उपलब्ध गराइएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज जापान, कोरिया, डेनमार्क, भारत, कतार, युएई, बहराइन, कुवेत, मलेसिया, अमेरिका, इजरायल, साउदी अरब, अस्ट्रेलिया, क्यानाडा, मकाउ, पोर्चुगल र युरोप लगायतका देशहरुमा विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका नेपालीहरुको समाजले राहत उपलब्ध गराएको हो । यसअवधिमा मालिकार्जुनमा पहिरोका कारण झण्डै ५४ बढि परिवार विस्थापित भएका छन् । भने कयौं घर अहिले पनि जोखिमपूर्ण अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । बाढी, पहिरोबाट घरबारविहिन भएर समस्यामा परेका विभिन्न जिल्लाका नागरिकलाई राहत वितरण गर्ने सिलसिलामा दार्चुलामा समेत राहत वितरण गरिएको महासचिव जोशीले बताउनुभयो ।

बाढि पहिरोका कारण विद्यालय, स्वास्थ्य संस्थाहरु, खानेपानी, सिचाई, सडक वाटोघाटो प्रभावित भएका छन् । वडा नम्बर ८ का वडाअध्यक्ष पदमराज पन्तको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदुरपश्चिमेली नेपाली समाजको तर्फवाट पुष्पराज जोशी र धन्नजय जोशीको उपस्थिति रहेको थियो ।

लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली घर भएका सुदूरपश्चिमेली नेपाली समाजका अन्तराष्ट्यि समिति महासचिव समेत रहनुभएका दिलेन्द्र प्रसाद जोशीको पहलमा पहिरो पीडितको लागि राहत संकलन गरिएको हो । यसअघि सुदूरपश्चिमेली नेपाली समाजले दार्चुलाको महाकाली नगरपालिका २ मखौली र नौगाड गाउँपालिकाका बाढि पहिरो पीडितको लागि राहत रकम पठाएको जनाएको छ ।

महासचिव जोशीले दार्चुला जिल्लाको राहत सामग्री बितरण कार्यमा सहजीकरण भूमिका निर्वाह गर्ने पुष्प राज जोशी, धन्जय जोशी, राजेन्द्र जोशी, खेम राज जोशी लगायत बिभिन्न गाउपलिकाका अध्यक्ष संसस्थाका प्रतिनिधि, पत्रकारहरु लगायत सबै जनालाइ धन्यवाद व्यक्त गर्नुभएकाे छ ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?