दार्चुला । दार्चुलाकाे महाकाली नगरपालिका वडा नम्बर ३ डुङ्गरी क्षेत्रमा एक महिलाको अस्थिपन्जर फेला परेको छ ।

शवको टाउँको, शरीर, कपाल सबै छुट्टिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

शव महाकाली नगरपालिका वडा नम्बर २ बुढीचौराकी बिमला कुँवर (फराल) काे भएकाे प्रहरीले जनाएकाे छ । सोमवार बेलुकी स्थानीयले अस्थीपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शरीरका सम्पूर्ण भागहरू छुट्टिएको, हड्डी मात्र रहेको अवस्थामा शव भेटिएपछि पोस्टमार्टमका लागि शवको हड्डी जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

एक महिनादेखि हराइरहेकी महिलाको अस्थिपन्जरसँगै मोवाइल र कपडा भेटिएको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयाे ।

माेबाइलमा भएकाे सिम कार्ड र कल डिटेलकाे आधारमा शवकाे पहिचान गरिएकाे प्रहरीले जनाएकाे छ । सदरमुकाम खलंगामा डेरा गरि बस्दै आएका महिलाको मृत्युको कारण भने खुल्न बाकी रहेकाे प्रहरी निरीक्षक जोशीले बताउनुभयाे ।

मृतकका श्रीमान कुन्दनसिह फराल बैदेशिक रोजगारीमा गएका छन् । फराल ३।४ वर्षदेखि साउँदीमा मजदुरी गर्न गएका हुन् । घट्नास्थलमा भेटिएको मोवाईल सेटमा भेटिएको सीमका कारण महिलाको शव पहिचान गर्न सकिएको दार्चुलाका डिएसपी पदमबहादुर विष्टले बताउनुभयो ।

मोवाइलमा भएको अन्तिम फोन कलको आधारमा महिलाको पहिचान गरिएको उहाँकाे भनाई छ ।

सदरमुकाम खलंगामा डेरा गरि बस्दै आएका कुवरको १ छोरा रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?