दार्चुला।  कैलालीमा नौँ दिन अघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ ।

जिल्लाको बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताउनुभयो ।

भदौ १ गते ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनकाे मृत्यु पछि काेराेना परिक्षणकाे लागी स्वाँव सङ्कलन गरिएकाे थियाे ।

स्वाँव सङ्कलन गरि  सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढि भएपछि डडेल्धुरा पठाइएको मा आज कोरोना पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ भने कैलालीमा पाँच पुगेको छ।

यस्तै देशभरी  गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको  सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?