दार्चुला। बैतडीकाे पाटन स्वास्थ्य चौकीको ऐम्बुलेन्स दुर्घटना भएकाे छ ।

डडेल्धुराबाट बैतडीतर्फ गइरहेको ब १ झ १७३२ नम्बरको ऐम्बुलेन्स मंगलबार साझ डडेल्धुराको भालुमारेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

ऐम्बुलेन्स दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका –६ का ३९ वर्षीय चालक भुवन भण्डारी, सोही ठाउँका ३८ वर्षीय प्रेमसागर भट्ट, पाटनकै १८ वर्षीय निरज जोशी र डडेल्धुराको अजयमेरु गाउँपालिका –१ की २४ वर्षीया निर्मला विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताउनुभयो ।

घाइतेहरुको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल ल्याएको पुगाएको पनि उहाँले जानकारी दिनुभयो । अहिले घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

ऐम्बुलेन्स सडकबाट करिब १ सय ५० मिटर खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?