
दार्चुला। नेपालमा कोरोना संक्रमण बाट थप दुई जनाको मृत्यु भएको छ ।
बुधबार बाके र बाँकेको कोहलपुर मेडिकल कलेज र ललितपुरको पाटन अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै कोरोना संक्रमणकै कारण ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।
उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या एक सय ६६ पुगेको छ ।