दार्चुला । दार्चुलाकाे शैल्यशिखर नगरपालिका-२ देथलाका एक पुरुषकाे धारिलाे हतियार प्रयाेग गरि हत्या गरिएकाे छ । देथलाका शेर बहादुर चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको स्थानीयले बताएकाछन् ।

चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले जानकारी दिएका हुन् । हतियारले चन्दको घाँटीमा हिर्काउदा घटनास्थलमै मृत्यु भएको हाे।

चन्दको शव पाेष्टमाटमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

हत्यारा भट्ट अहिले फरार रहेकाे स्थानीयवासीले बताएका छन् । घटनाबारे थप बुझ्नेकाम भइरहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?