दार्चुला । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा एक हजार चार सय ९१ जना, प्रदेश २ मा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । एकैदिन थपिएको यो सङ्ख्या अहिलेसम्मकै उच्च भएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै थप नाै जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८४ पुगेको छ ।केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ ।

यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएकाे बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?