दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ देथलामा हत्याकाे आरोप लागेका फरार गंगादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

विहिबार घरेलु धारीलो हतियारको प्रयोग गरि ४५ बर्षीय शेरबहादुर चन्दको स्थानीय ३४ बर्षीय गंगादत्त भट्टले हत्या गरेको प्रहरीले जनाएको छ ।

चन्दको हत्या गरेर भट्ट फरार रहेका थिए । प्रहरीले रातभर आरोपीको खोजीगरि जंगलमा भेटाएको र जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?