दार्चुला । सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ३९ जनाको कोरोना परीक्षण भएकोमा तीन महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका नौँ र कैलालीका छ जनामा संक्रमण पुष्टि भएको हो ।

यता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका दुई जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

शनिवार ६४ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार आठ  सय तीन पुगेको छ।

संक्रमण पुष्टि भएका चार हजार आठ सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?