दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ कै २० वर्षीय शम्शेर धानुक र ३५ वर्षीय अजब चन्द रहेका छन् । गत भदौ ५ गते मदिरा सेवन गरि उनीहरुले लाल बहादुर चन्दलाई कुटपिट गरि गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले भदौ १० गते मदिरा सेवन गरि कुटपीट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएको बताएका छन् ।

कुटपीटबाट घाइते भएका चन्दको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि भदौ ११ गते धनगढी रिफर भएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?