दार्चुला ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

महोत्तरीको मनरा सिसवा –४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले बताउनुभयो ।

उहाँका अनुसार मृतक एक निजी स्वास्थ्य संस्थामा कार्यरत थिए । उनी भदौ ७ गते बिरामी भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?