दार्चुला । डडेल्धुरा अस्पतालमा मंगलवार थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मंगलवार ५३५ जनामा गरिएको कोरोना परीक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशालाका ईन्चार्ज  ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयाे ।

मंगलवार संक्रमण पुष्टि हुनेमा बैतडीका ११ जना, डडेल्धुराका २ जना, अछामका ५ जना र बझाङका ३८ जना गरी एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको कुरा डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयाे ।

संक्रमितहरुमध्ये डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २ जना, बैतडी शिगास गाउँपालिकाका ८ जना, बैतडी पुर्चौडी नगरपालिकाका १ जना र मेलौली नगरपालिकाका २ जना गरी बैतडीमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बझाङको बिथ्थडचिर गाउँपालिकामा २ जना, बुङ्गल नगरपालिकामा १४ जना, छब्बिसपाथीभराममा २ जना, केदारस्यू गाउपालिकामा १६ र थलारा गाउपालिकामा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै अछामको पञ्चदेवल बिनायक नगरपालिकामा ५ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको प्रयोगशाला ईन्चार्ज  भूषालले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?