दार्चुला । सुदूरपश्चिममा मंगलवार एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा आज एक सय एक जनामा संक्रमण पुष्टि भएको हो ।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा बझाङका ३८, डोटीका २४, अछामका १२, कैलालीका ११, बैतडीका ११, कञ्चनपुरका तीन, डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ८ महिला र ६ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ११ र कञ्चपुरका तीन जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का तीन जना, वडा नम्वर ६, १२ र १९ का एक एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । कैलालीको गोदावरी नगरपालिकाका चार र गौरीगंगा नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले बताउनुभयो ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्वर २ सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३० पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?