दार्चुला ।  नेपालमा पछिल्ले २४ घण्टामा एक हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा सात सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ ।हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?